Trending :
 

अमेरिकाद्वारा चीनका तीन जना नागरिकलाई गिरफ्तार

श्रावण ०९,२०७७

-

साउन ९,२०७७ काठमाडौं ।
अमेरिकाले भिसासम्बन्धी धोका दिएको विषयमा चीनका तीन नागरिकलाई गिरफ्तार गरेको छ र चौथो नागरिकलाई पक्राउ गर्ने तयारी गरिरहेको  छ ।
 
चौथो व्यक्ति एक महिला हुन् जो सान फ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा छिन् ।
 
अमेरिकी न्याय विभागका अनुसार गिरफ्तार गरिएका चिनियाँ नागरिकले कथित रुपमा चिनियाँ सेनाको सदस्य भएको भन्दै झुटो बोलेका थिए ।
 
अमेरिकी संस्था एफबीआईले अमेरिकाका २५ शहरका विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरेको छ जसले आफ्नो चिनियाँ सेनासँग ‘अघोषित सम्बन्ध’ भएको बताउँदै आएका थिए ।
 
अमेरिकी वकिलका अनुसार यो चिनियाँ योजनाको एउटा हिस्सा हो जसअनुसार चीनले गोप्य रुपमा आफ्ना सेनाका वैज्ञानिकलाई अमेरिका पठाउने गर्छ ।
 
न्याय विभागका वकिल जोन सी डेमर्सले एक पत्रकार सम्मेलन जारी गर्दै चिनियाँ सेनाका सदस्य रिसर्च भिसाका लागि आवेदन दिने गरेको  र आफ्नो वास्तविक पहिचान लुकाउने गरेको जानकारी दिए