पार्किङ गरिएको स्कुटीबाट पैसा चोर्ने बानेश्वरबाट पक्राउ

श्रावण ११,२०७७

-

साउन ११,२०७७ काठमाडौं ।
संसद भवन नयाँबानेश्वर अगाडि पार्किङ गरेर राखेको स्कुटरबाट पैसा चोर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले ४८ बर्षिय सोभित कार्कीलाई पक्राउ गरेको हो । 
 
सोभितले केही दिनअघि पूर्व एआईजीका छोरा र एक महिलाको पार्किङमा राखेको  स्कुटर खोलेर दुईलाख रुपैयाँ चोरेका थिए ।
 
चोरीमा संलग्नलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए ।
 
कार्कीको साथबाट प्रहरीले ४१ वटा स्कुटर र गाडीको साँचो वरामद गरेको छ ।
 
उनी केही समयदेखि बानेश्वर एरियामा पार्किङ गरिएका सवारीबाट पैसा चोर्ने धन्दामा सक्रिय रहेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट थाहा भएको छ ।