दुई पटक ओस्कर जितेकी अभिनेत्री डी हेविल्याण्डको १०४ वर्षमा निधन

श्रावण १२,२०७७

-

साउन १२, २०७७ काठमाडौं ।
 
हलिउड अभिनेत्री तथा दुई पटक ओस्कर पुरस्कार बिजेता ओलिविया डी हेविल्याण्डको १०४ वर्षको उमेरमा निधन भएको छ ।
 
न्यूयोर्ककी प्रचारक लिजा गोल्बर्गले हेविल्याण्डको आइतबार बेलुका पेरिसस्थित आफ्नो घरमा निधन भएको जानकारी दिइन् । उनी ओस्कर पुरस्कार बिजेता जोन फोंटेनकी बहिनी थिइन् ।
 
हेविल्याण्ड ‘गन विद विन्ड’ मा देखिएकी थिइन् । यो फिल्म सन् १९३९ मा रिलिज भएको थियो  । उनी यो फिल्मको अन्तिम जीवित कलाकार थिइन् ।