होटल तथा पर्यटन क्षेत्रका लागि साँवा-ब्याज तिर्न दुई वर्ष सम्मको म्याद थप

श्रावण १२,२०७७

-

साउन १२,२०७७ काठमाडौं ।
कोभिड-१९ बाट अति प्रभावित होटल लगायत पर्यटन क्षेत्रका ऋणीले बैंक तथा वित्तीय संस्थालाई तिर्नु पर्ने साँवा-ब्याज भुक्तानीका लागि २ वर्षसम्म समय पाएका छन् ।
 
राष्ट्र बैंकले कोभिड प्रभावितलाई न्यून, मध्यम र अति गरी तीन भागमा विभाजन गरेको छ । यसका आधारमा तीन महिनादेखि एक वर्षसम्मको म्याद दिएको छ । तर होटल लगायत पर्यटन क्षेत्रका लागि २ वर्ष सम्मको समय दिइएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिमा आएका व्यवस्था कार्यान्वयनका लागि सोमबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।
 
नयाँ व्यवस्था अनुसार न्यून प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न सुविधा पाएका छन् ।