भीष्मराज फुलाराको नयाँ गीत कस्तो भाइरस आयो...

श्रावण १३,२०७७

-

साउन १३,२०७७ काठमाडौं ।
यूवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो...’ सार्वजनिक भएको छ । रामकुमार बस्नेतको स्वर तथा सङ्गीत र रामचन्द्र चन्दको सङ्गीत संयोजन रहेको गीत ‘कस्तो भाइरस आयो...’को भिडियो सार्वजनिक भएको हो ।
 
लिगेस भट्टराईद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको भिडियोमा सुरविर पण्डित (दारीबा), दिनेश के.सी., सरिता राजोपाध्याय, ज्ञान खत्रीको मुख्य भूमिका रहेको छ भने अन्य कलाकार मा ठण्डबहादुर अधिकारी, योगगुरु सुदन भेटवाल, हेमाङ्गराज गिरी र भीष्मराज फुलारा समेतको अभिनय रहेको छ ।
 
संसारलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतको भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक गरिएको छ ।
 
फुलारा लिटरेचर फाउण्डेसन नेपाल र द ल अफिसेस अफबाशु डी. फुलारा पि।सि।को संयुक्त सहकार्यमा निर्माण गरिएको गीतको भिडियोमा वीरेन्द्र भट्टको छायाँकन रहको छ भने उर्मिला लामाको श्रृङ्गार रहेको छ । व्यवस्थापन पक्षको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् भने स्वराङ्कन गणेश सुवेदीको रहेको छ ।