फ्रान्समा ओलम्पिक लोगो एक लाख ८५ हजार युरोमा लिलाम

श्रावण १४,२०७७

-

साउन १४, २०७७ काठमाडौं ।
ओलम्पिकको मुख्य लोगो एक लाख ८५ हजारमा लिलाम भएको छ । लिलाम फ्रान्समा भएको हो । 
 
यस ओलम्पिक लोगोलाई आधुनिक ओलम्पिकका संस्थापक पियरे द कूबर्टिनले सन् १९१३ मा बनाएका थिए । यस लोगोलाई सन् १९२० मा बेल्जियममा आयोजना भएको ओलम्पिकमा सार्वजनिक गरिएको थियो । 
 
लोगोमा समावेश गरिएका पाँच निलो, पहेँलो, कालो, हरियो र रातो सर्कललाई ओलम्पिकको प्रतीक मान्‍ने गरिन्छ । यी लोगोमा समावेस गरिएका सर्कलले पाँच प्रमुख महाद्वीपलाई दर्साउने गर्दछ । 
 
क्यानेन्स अक्सनका एसोसिएट डिरेक्टर एलेक्जेन्डर डेबुसीले ओलम्पिक लोगो ब्राजीलको कलेक्टरले खरिद गरेको जनाएकाा छन् । यसअघि ओलम्पिक मेनिफेस्टो गत वर्ष डिसेम्बरमा ८ मिलियन डलरमा लिलाम गरिएको थियो ।