‘अब देशमै छ रोजगारी’ अभियान सुरु

श्रावण १५,२०७७

-

साउन १५, २०७७ काठमाडौं ।
 
‘अब देशमै छ रोजगारी’ अभियान औपचारिक रुपमा सुरु भएको छ । एक भर्चुअल कार्यक्रमका बीच अर्थमन्त्री डा. युबराज खतिवडाले उद्योगपतिहरु, स्किलिंग इकोसिस्टम सरोकारवालाहरु, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरु बीच उक्त अभियानको सार्वजनिक गरेका हुन् ।
 
 
रोजगारी सर्भिस र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा यो अभियान प्रवासी पुनरागमनहरु र अन्य आर्थिक रुपले वञ्चित, समाजिक बहिष्कृत समूहहरुको जीवनयापन आवश्यकताहरुको प्रतिकृया दिन यो अभियान थालिएको हो । 
 
 
अभियानको लोगो र नारा सार्वजनिक गर्दै मन्त्री खतिवडाले भने, ‘म विश्वस्त छु कि यस्ता बजार नेतृत्वका पहलहरुले गति लिन पाउँनेछन् र सफलतापूर्वक सरकार, निजी क्षेत्र, नागरिक समाज, स्किलिंग पार्टनर, मिडिया र हाम्रा विकास पार्टनरबीच परिकल्पना गरिएको सहकार्य निमार्ण गर्नेछ ।’ उनले रोजगारी सृजना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण भएको र सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीतिहरु ल्याइरहेको बताए ।
 
कोभिड-१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग ७ लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको छ । यो आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाख भन्दा बढि रोजगारी सृजना गर्नु आवश्यक छ । 
 
युकेएड सीपका टिम लिडर बलजीत बोहोराले समयमै यो संकटलाई जवाफ दिन हाम्रो असक्षमताले अर्थतन्त्रका सबै क्षेत्रमा प्रतिकुल लहर झल्काउन सक्छ र हालका दशकमा मिहिनेतले हासिल गरेको प्रगतिलाई उल्ट्याउन सक्ने बताए । 
 
रोजगारी सर्भिसले आफ्नो व्यापक प्ल्याटफर्महरु-वेवसाइट, मोबाइल एप्लिकेशन, सामाजिक संञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसलहरु प्रयोग गरेर पञ्जीकृत प्रवासी पुनरागमनहरुलाई उचित स्कुलिङ, रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पु¥याउन सहकार्य गर्नेछ । 
 
रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्र राज गिरीले ‘अब देशमै छ रोजगारी’ अभियान र युकेएड सीप र अन्यसँगको साझेदारीले नेपालको मानव संसाधनका लागि रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पु¥याउन सामूहिक उत्प्रेरित गर्न सक्ने बताए । 
 
कार्यक्रममा उद्योगीहरु पवन गोल्यान, विष्णु अग्रवाल, रचना थापा र शेखर गोल्छाले देशमा स्किलिंग, रोजगारी सृजना र उद्यमशीलताका लागि उद्योग नेतृत्व सहलगानी मोडल र सहकार्यको महत्वलाई प्रकाश पारेका थिए ।