Trending :
 

चेस

बंगलादेशका जिएम अब्दुल्ला अल रकिब र वुमन इन्टरनेशनल मास्टर रानी हमिद एसियन जोनल ३.२ चेस च्याम्पियन

चैत्र १५,२०७३

-

२४७४ रेटेड रकिबले हिजो भएको अन्तिम चरणको खेलमा आफ्नै देशका ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई पराजीत गरेका थिए । ९ खेलबाट ८ अंक बनाएका रकिबले १५ सय अमेरिकी डलर नगद पुरस्कार समेत प्राप्त गरे ।

उता डिफेन्डिङ च्याम्पियन समिमा अख्तरलाई हेड टु हेडका आधारमा पछि पर्दै रानी हमिद एसियन जोनल ३.२ चेस च्याम्पिनसीपको महिला तर्फको उपाधि हासील गर्न सफल रहिन् । च्याम्पियनसीपको अन्तिम खेलमा नेपालकी मतिना कुसीलाई हराउँदै ८ अंक बनाएकी ७३ वर्षीय वुमन इन्टरनेशनलमास्टर रानीले १ हजार अमेरिकी डलर हात पारीन् ।

जितसंगै, जिएम अब्दुल्ला अल रकिब र जिएम अब्दुल्ला अल रकिब सेप्टेम्बरमा जर्जीयामा हुने वल्र्ड कप चेस च्याम्पियनशीपका लागि समेत छनौट भएका छन् ।

प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन बंगलादेशी जिएम जीउर रहमान (२५२०) नेपालका केशव श्रेष्ठ (२०७७) लाई हराउँदै ७ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहे ।उनले १ हजार अमेरिकी डलर नगद प्राप्त गरे ।त्यसैगरी अन्तिम खेलमा आफ्नै देशका फिडेमास्टर हसन मेहेदी (२२६३) सँग बराबरीमा रोकिएका जिएम नियाज मुर्सीद (२४२२) ७ अंकका साथ तेश्रो स्थानमा रहँदै ५ सय अमेरिकी डलर नगद प्राप्त गर्न सफल भए । २१२९ रेटेड श्रीलंकाली कालुगाम्पिटीया आर एसले नेपालका हिमाल लामा (२०८१) माथि जीत हात पारेर ६ अंकका साथ चौथो स्थानमा रहँदै फिडेमास्टरको उपाधि समेत प्राप्त गर्न सफल भए ।

बंगलादेशका फिडेमास्टरद्धय हसन मेहेदी तथा रहमान साइद मफजुर तथा नेपालका क्यान्डिडेट मास्टर मदनकृष्ण कायस्थ समान ५ दशमलब ५ अंकका साथ क्रमशः पाचौं, छैटौं र सातौं स्थानमा रहन सफल भए । त्यसैगरी नेपालका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, बंगलादेशका ग्रान्डमास्टर इनामुल हुसेन र फिडेमास्टर मोहम्मद तैवुर रहमान क्रमशः आठौं, नवौं तथा दशौं स्थानमा रहे ।

च्याम्पियनसीपबाट नेपालका हिमाल लामा, नविन तण्डुकार, भगवतीप्रसाद शर्मा, मिलन लामा र राजेन्द्रकुमार पराजुलीले क्यान्डिडेट मास्टरको उपाधि प्राप्त गर्न सफल भए ।

त्यसैगरी महिलातर्फ टाईब्रेकमा पछि परेकी वुमन इन्टरनेशनल मास्टर समिमाले नेपालकी सबिना श्रेष्ठलाई हराउँदै ५ सय अमेरिकी डलर प्राप्त गरिन् ।

बंगलादेशी वुमन फिडेमास्टर नजराना खान ६ अंकका साथ तेश्रो स्थानमा रहन सफल भईन । अन्तिम चरणमा नेपालकी शान्ता थापालाई हराउन सफल उनले ३ सय अमेरिकी डलर पुरस्कार हात पारीन् । त्यसैगरी बंगलादेशी सरमीन समिहा सिम्मि तथा वुमन फिडेमास्टर सुल्ताना सरमिन सिरीन समान ५ दशमलब ५ अंकका साथ चौथो तथा पाचौं स्थानमा रहन सफल भए । बंगलादेशी सरमीन समिहा सिम्मि तथा श्रीलंकाली सौम्य जनावले वुमन क्यान्डिडेटमास्टरको उपाधि प्राप्त गरे ।

श्रीलंकाली सौम्य जैनव ५ अंकका साथ छैटौं स्थानमा रहिन । बंगलादेशी वुमन फिडेमास्टर महमुदा हक चौधरी, नेपालका शान्ता थापा तथा सविना श्रेष्ठ समान ४ अंकका साथ क्रमशः सातौं, आठौं र नवौं स्थानमा रहे । नेपालकी मतिना कुसी दशौं स्थानमा रहिन् ।

काठमाडौंको होटल एल्लो पगोडामा सम्पन्न च्याम्पियनसीपमा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्सका ४२ जना खेलाडीको सहभागीता रहेको थियो ।