पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

श्रावण १६,२०७७

-

साउन १६,२०७७ काठमाडौं ।
पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा विष्णु शर्माका अनुसार ती महिला साउन ६ गते भर्ना भएकी थिइन् । ती महिलामा उच्च रक्तचापको समस्या रहेको उनले जानकारी दिए । 
 
स्रोतका अनुसार वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखोकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नुपरेको थियो ।
 
आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।
 
स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट समेत पोजिटिभ आएको थियो ।