गुल्मीमा पहिरोसँगै आएको ढुङ्गाले लागेर एकै परिवारका ४ को मृत्यु

श्रावण १७,२०७७

-

साउन १६,२०७७ काठमाडौं ।
शक्रबार साझ  गुल्मीमा अविरल वर्षा ससँग आएको पहिरोको ढुङ्गाले किचेर ४ जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकि एक महिला सहित ४ जनाको मृत्यु  भएको स्थानिय समाज सेवि नारायण पौडेलले जानकारी दिए ।
 
बिना माझी र उनका ३ सन्तानसहित ४ जनाकोको माथीबाट खासेको पहिरोको ढुङ्गाले किचेर मृत्यु  भएको नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका स्थानीयवासी पौडेलले बताए  । 
 
यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदार  राज पन्तले पनि ४ जनाको मृत्युको खवर आएको जानकारी  दिए । उनले नाम विवरण खुल्न भने बाँकी रहेको बताए ।