मौसमः सोमबारसम्म भारी वर्षा हुन सक्ने

श्रावण १७,२०७७

-

साउन १६,२०७७ काठमाडौं ।
देशभर मनसुनी वायु र पूर्वी तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहँदा केही दिनदेखिको वर्षा अझै रोकिएको छैन ।
 
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशसहितका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
 
विभागले तीन दिनको पूर्वानुमान गर्दै जारी गरेको बुलेटिनमा सोमबारसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ ।
 
आज दिउँसो अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आजै दिउँसो र राति प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
 
योक्रम सोमबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता रहन विभागले आह्वान गरेको छ ।