मुस्लिम समुदायले आज बकर-इद मनाउँदै

श्रावण १७,२०७७

-

साउन १६,२०७७ काठमाडौं ।
मुस्लिम समुदायले आज बकर-इद (इदु उल अजहा) मनाउँदै छन् ।
 
रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड बकर-इद रमजान पर्वको ७०औँ दिनमा मनाउने गरिन्छ ।
 
यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।
 
धार्मिक मान्यता अनुसार अल्लाका नवी ९दूत० इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग ९जनन्त० मा पालिएका दुम्बाको कुर्बानी भएको विश्वास छ ।
 
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।
 
आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । तर, यसपटक कोरोना भाइरस संक्रमणको जोखिम कायम भएकाले बकर इदको खासै उल्लास नभएको मुस्लिम अगुवाहरूले जनाएका छन् ।
 
राष्ट्रिय मुस्लिम आयोगले घरमै बसेर नमाज पढ्न सबैलाई आग्रह गरेको छ ।