डा. सुरेन्द्र केसीको गाईजात्रे राजनीति माथिको विश्लेषण

‘ म राष्ट्रपति हुनुपर्यो यो देशको अनि हेर्नुस न , म देखाई हाल्छु ‘-डा. सुरेन्द्र केसी

श्रावण २०,२०७७

-पारस पोखरेल

श्रावण २० , २०७७ काठमाडौँ l 

डा. सुरेन्द्र के.सी. राजनीतिक  विश्लेषक हुनुहुन्छ l लामो समय त्रिभुवन बिश्वबिध्यालयमा प्राध्यापन गर्नुभएको डा. केसी राजनैतिक तथा सामाजिक बिषयमा आफ्नो धारणा व्यक्त गर्दै सामाजिक तथा राजनैतिक परिवर्तनको पाटोमा निरन्तर लागिरहनु भएको छ l प्रष्ट ,तिखो र यथार्थ कटाक्ष्य व्यक्त गर्नुहुने केसी एउटा निडर , स्वाभिमानी र पथ प्रदर्शकका रुपमा परिचित हुनुहुन्छ l उहाको यस विशेषताका कारण युवा र स्वतन्त्र जमात माझ लोकप्रिय हुनुहुन्छ l डा. केसीको देश र बिदेशमा समेत लाखौ सुभचिन्तक रहेका छन् l यिनै बहुआयामिक व्यक्तित्वका धनि डा. सुरेन्द्र के.सी. संग आस्था न्युजका सम्पादक पारस पोखरेलले समसामायिक बिषयमा लिनुभएको भिडियो अन्तर्वार्ता प्रस्तुत गरिएको छ l

 

 ‘ म राष्ट्रपति हुनुपर्यो यो  देशको अनि हेर्नुस न , म देखाई हाल्छु ‘-डा. सुरेन्द्र केसी  

देश अहिले गाईजात्राको माहोलमा छ l जात्रै  – जात्राको देशमा पछिल्लो पटक मन्चन भईरहेको राजनीतिक गाई जात्राले साँस्कृतिक रुपमा चल्दै आइरहेको काही नभएको हडिगाउको जात्रा र गाईजात्रालाई समेत ओझलमा पारेको छ l यसै राजनीतिक गाईजात्राले समाज र राजनीतिलाई कता लान लागिरहेको छ भन्ने सवालमा डा. केसीको राजनीतिक गाईजात्रा माथिको बिशेष विश्लेषण अन्तर्वार्तामा हेर्न सक्नुहुनेछ l

 

तिन सय प्रतिशत सम्म भन्सार कर उठाएर सरकारको आम्दानी भन्दै अर्थतन्त्रले धन्न नसक्ने राजनीतिक र कर्मचारी तन्त्र किन र यातिहुदा हुदै पनि जनताले किन आवाज नउठाएको होला भन्दा डा. केसी भन्नुहुन्छ , सर्वप्रथम त हामी नगरिकनै भएको छैनौ र जब सम्म नागरिक बन्ने चेतनाको बिकास हुदैन तब सम्म आर्थिक परिवर्तन सम्भव हुदैन l

 

देशको समग्र परिवर्तन गर्न र आर्थिक स्तर परिवर्तन गर्न ‘ म राष्ट्रपति हुनुपर्यो यो  देशको अनि हेर्नुस न , म देखाई हाल्छु ‘ भन्दै राजनैतिक अभिलासा व्यक्त गर्दै डा.केसीले आफु देशको प्रमुख पदमा निर्वाचित भए दिल्लीको केजेरीवालले जस्तै सुबिधा ( निशुल्क बत्ती, पानी, स्वास्थ ) प्रदान गर्ने उद्घोष समेत गर्नु भयो l

 

नेकपाको अहिलेको राजनैतिक किचलो पदको भागबन्डामा छिट्टै टुंगिने र अहिलेको अवास्थाम्मा दक्षिणको चलखेल रहेको बताउनु भयो l प्रचण्ड अनितिमको बर्ष प्रधानमन्त्री बन्ने भन्दै आगामी आम निर्वाचनमा नेपाली कांग्रेसले जित्ने  र शेरबहादुर देउवा आगामी प्रधानमत्री बन्ने विश्लेषण उहाको रहेको छ l

 

एनआरएनहरुको एक प्रश्नको जवाफ दिदै डा. केसीले नेपाली राजनीतिक किचलो जस्तो त्यस संस्थामा नगर्न सुझाउनु भएको छ l नेपालको भ्रष्ट नेतालाई भष्ट्राचार गर्न सिकाउने अनि साधन श्रोत उपलब्ध गराउने भन्दै नेपालमा भएकै जस्तो राजनीतिक खिचलो र बण्डामा नेता नबन्न  र एनआरएन संस्थालाई राजनैतिकरण  नगर्न र देश बिकासमा टेवा पुर्याउन आग्रह गर्नुभएको छ l

 

यिनै डा. केसी संग गरिएको अन्तर्वार्ता माथि प्रस्तुत गरिएको छ l कृपया यसलाई हेरी कुनै प्रत्रिकृया भए पठाउनु हुन् आस्था न्युज आग्रह गर्दछ