आर्थिक प्रसङ्ग
आषाढ ३०,२०७४
-
३० असार,धादिङ- अनुगमनको बहानामा धादिङका सरकारी कर्मचारी रात्रिभोज गर्न चितवन पुगेका छन् । वर्षभरीका कार्यक्रमको अनुगमनमा धादिङको धार्के पुगेका सरकारी अनुगमन टोली रात्रिभोज गर्न बुधबार साँझ चितवन पुगे। सदरमुकाम धादिङबेसीबाट करिब १२ बजे निस्किएको अनुगमन टोली धार्केसम्म पुगेर पनि साँझ ७ बजे चितवनको सिद्धार्थ होटल पुगे। तीनवटा फरकफरक कार्यालयको अनुगमन भएपनि सबैको एउटै बजेट बनाएर संयुक्त अनुगमनपछि रात्रिकालीन मदिरा पार्टी गर्न चितवनको इच्छाकामना गाउँपालिकास्थित कुरिनटार पुगेका हुन्। आर्थिक वर्षका अन्त्यमा पूर्वनिर्धारित कार्यक्रमको बजेट सक्न महँगा होटलमा कार्यक्रम गर्न पुगेका हुन्।कार्यक्रम आयोजना गरिएको सिद्धार्थ होटलमा खाना र बासको मात्रै थोरैमा प्रतिव्यक्ति चार हजार पाँच सय पर्छ। रात्रिभोजमा सवारी चालकबाहेक ४० जनाभन्दा बढी सहभागी थिए। दुई दिनको अनुगमन भनिएपनि बुधबार दिउँसो १२ बजे धादिङबासेबीबाट कार्यालन नै छाडेर धार्केमा सहभागि भई रात्रीभोज गरी बिहबिार बिहान मात्रै फर्केका थिए ।
प्रमुख समाचार