Trending :
 

कोरोना भाईरसले विश्वमा ७ लाख १६ हजार बढि मानिसको मृत्यु

श्रावण २५,२०७७

-

साउन २५, २०७७ काठमाडौं ।
 
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख १६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका हालसम्म कोरोनाले विश्वमा ७ लाख १६ हजार ७५ को मृत्यु भइसकेको छ ।
 
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म संक्रमितको संख्या १ करोड ९१ लाख ८७ हजार ९४३ पुगेको तथ्यांकमा उल्लेख छ । 
 
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।