Trending :
 

विदेशी शक्तिहरूसँग मिलेमतोको आरोपमा हङकङका प्रजातन्त्रवादी अभियान्ता पक्राउ

श्रावण २६,२०७७

-

साउन २६,२०७७ काठमाडौं ।
हङ्‌कङका चर्चित प्रजातन्त्रवादी अभियान्ता प्रकाशक जिमी लाई हङकङ प्रहरीले पक्राउ गरेको छ ।
 
विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा ७१ वर्षीय जिमी लाई  प्रहरीले पक्राउ गरेको हो ।
 
गत महिना चीनले कार्यान्वयन गराएको विवादास्पद राष्ट्रिय सुरक्षा कानून उल्लंघन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।
 
उनी गत वर्ष हङ्‌कङमा भएको प्रजातन्त्रवादी आन्दोलनका समर्थक र त्यहाँको सबैभन्दा ठूलो एपल डेली समाचारपत्रका प्रकाशक समेत हुन्।
 
गत फेब्रुअरीमा उनलाई अवैधानिक रूपमा भेला भएको तथा बलजफती गरेको अभियोगमा पक्राउ गरिएको थियो। त्यसबेला उनी धरौटीमा छुटेका थिए । उनीसँगै प्रहरीले सोमवार सात व्यक्तिलाई राष्ट्रिय सुरक्षा कानून उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको छ ।