खेल जीवनमा जहिले नं. १ खेलाडी

नेपाली फुटवलका हस्ती विष्णुगोपाल श्रेष्ठसंगको अन्तरंग

श्रेष्ठको जीवनका अनेकै पाटा, सफलता , असफलता र प्राप्ति संगै आफुले भोगेको अनुभव

श्रावण २६,२०७७

-आस्था न्युज

-पारस पोखरेल

२६ साउन, २०७७ काठमाडौँ l बिष्णु गोपाल श्रेष्ठ नेपालको पुर्व फुटवल खेलाडी , समाजसेवी र  नेपाली चलचित्रका निर्माता समेत हुनुहुन्छ l सरल , स्वच्छ , कर्मनिष्ट, र प्रष्ट स्वभावका श्रेष्ठ लामोंसमयदेखि  खेलकुद क्षेत्रमा सकृय हुनुहुन्छ l नेपाली खेल जगतको सिङ्गो ईतिहास बोकेका श्रेष्ठ सुपर डुपर हिट नेपाली चलचित्र चिनो र राकोमा निर्माता  पनि हुनुहुन्छ l बिभिन्न सामाजिक संघसंस्थाहरुको संस्थापक रहनुभएको उहा हाल कयौ संघसंस्थामा सकृय भूमिका निर्वाह गर्दै सामाजिक रुपान्तरण र सेवामा संग्लन हुनुहुन्छ l उनै बहुआयामिक व्यक्तित्व विष्णुगोपाल श्रेष्ठसंग आस्था न्युजका सम्पादक पारस पोखरेलले लिनुभएको भिडियो अन्तर्वार्ता प्रस्तुत गरिएको छ l

 

विष्णुगोपाल श्रेष्ट आफ्नो खेलकुद जीवनको स्मरण गर्दै आफुले ईमान्दर पुर्वक लगनशीलका साथ खेलेको कारणले नै सफलता मिलेको भन्दै खेलाडी राष्ट्रको हुने बताउनुहुन्छ l अहिलेको फुटबलमा धेरै एक्स्पोज रहेको र नेपालको फुटवललाई पनि त्यसै अनुसार हेर्ने गरिएकोले त्यस अनुसारको उपलब्धि देखिने नगरेको बताउनु हुन्छ l जापान , भारत लगायतको खेलमा आफुले पाएको वाहवाहीको स्मरण गर्दा त्यसलाई खेलाडीको सफलता संग तुलना गर्नुहुन्छ l

 

खेल जीवनमा जहिले नं. १ खेलाडी भएर काम गरेको र कहिले पनि नं. २ नभएको अनुभव सुनाउदै भन्नुहुन्छ , आफु भन्दा बढी क्षमता भएको खेलाडी भएता पनि कसैले अवसर नपाएको र कसैले अवसर पाएपनि सहि तरिकाले निरन्तर काम गर्न र देखाउन नसकेका कारण सबैले सफलता प्राप्त गर्न नसकेको उहाको ठम्याई छ l

 

फिल्म क्षेत्रमा कसरी प्रवेश गर्नु भयो भन्ने प्रश्नमा शिब श्रेष्ठ र अर्को एक साथीको कारण यस क्षेत्रमा आएको र चिनो फिल्मले पाएको सफलताले हौसाए पनि पछि राको फिल्मले सफल सफल ब्यापार गर्न नसकेका कारण यस क्षेत्रमा अगाडी बढ्न नसकिएको बताउनुहुन्छ l भारतका सफल कलाकार दिलिपकुमार संगको स्मरण गर्दै कलाकार र निर्देशकले एक अर्कालाई देखाएको सम्मान जस्तै सबैले सिक्नुपर्ने बताउनुहुन्छ l

 

हाल सामाजिक सुधार र खेलकुद संघसंस्थाहरुमा संग्लन रहनु भएको उहाले थुप्रै सामाजिक सेवा र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान दिईरहनु भएको छ l जेष्ठ नागरिकहरुलाई संगठित गरी उर्जा प्रदान गर्ने उहाको कार्य सह्रानीय रहेको छ l श्रेष्ठको जीवनका अनेकै पाटा, सफलता , असफलता र प्राप्ति संगै आफुले भोगेको अनुभव र यसले समाज र नयाँ पुस्तामा दिनसक्ने मार्गदर्शन यस अन्तर्वार्ता हेरेर थाहापाउन सकिन्छ l कृपया यस अन्तर्वार्तालाई हेरी कुनै अमुल्य सुझाव भए दिनुहुन अनुरोध गर्दछौ l