सुनको मुल्य स्वाट्टै घट्यो

श्रावण २८,२०७७

-

साउन २८, २०७७ काठमाडौं ।
नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाका १ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भएकोमा बुधबार ९५ हजार ४ सयमा झरेको हो।  
 
गत शुक्रबार हालसम्मकै उच्च मूल्य सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला चार दिनमा सुनको भाउ लगातार घटिरहेको छ। महासंघका अुनसार नेपाली बजारमा छापावाल सुनको भाउ मंगलबार ८ सय, सोमबार २ सय र आइतबार ९ सय रुपैयाँले घटेको थियो।
 
सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा किनबेच भएकोमा आइतबार सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ भाउ थियो। 
 
महासंघका अनुसार तेजाबी सुनको भाउ बुधबार तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन मंगलबार तोलाको लाख १ हजार १ सय, सोमबार १ लाख १ हजार ९ सय र आइतबार १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।  शुक्रबार तेजाबी सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो। चाँदीको भाउ पनि घटेको छ। 
 
महासंघका अनुसार बुधबार चाँदीको भाउ तोलाको १ हजार २ सय १० रुपैयाँ कायम भएको छ।  मंगलबार चाँदीको भाउ तोलाको ४० रुपैयाँले बढेर १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको भाउ तोलाको १५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।