न्युजिल्याण्डमा फेरि कोरोना सङ्क्रमण देखिन थालेपछि प्रधानमन्त्री ज्यासिन्डा तनावमा
-
साउन २९,२०७७ काठमाडौं ।
तीन महिनासम्म कोरोना भाइरसमुक्त भएको न्युजिल्याण्डमा पछिल्लो दुई दिनमा १८ जना सङ्क्रमित थपिएका छन् ।
न्युजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्यान्डमा लकडाउन गरिएको दोस्रो दिन बुधबार १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीन महिनासम्म न्युजिल्यान्ड संक्रमुणमुक्त भए पनि केही दिनअघि एउटा परिवारमा फेरि सङ्क्रमण देखिएको थियो ।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डनले परिस्थितिको गम्भीरता बुझेको र संयमित रुपमा यसको सामना गर्ने बताएको बीबीसीले जनाएको छ । उहाँले सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई क्वरेण्टीनमा राखिने बताउनुभएको छ । न्युजिल्याण्डमा कोरोना भाइरसको सङ्क्रमिण फेसर कसरी फैलियो भन्ने बारेमा स्वास्थ्यकर्मीले गम्भीर अध्ययन थालेको पनि उहाँले बताउनुभयो ।
कोरोना भाइरस महामारी नियन्त्रणका लागि न्युजिल्याण्डको कामको विश्वभरि प्रशंसा हुने गरेको छ ।
जुन समय ल्याटिन अमेरिकी देशमा कोरोना सङ्क्रमणको प्रकोप सुरु भएको थियो, त्यो बेला न्युजिल्याण्डले आफूलाई कोभिड-१९ मुक्त घोषित गरेको थियो ।
न्युजिल्याण्डमा अहिलेसम्म एक हजार पाँच सय ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २२ जनाको मृत्यु भएको छ ।