बिन्दु बिसी र प्रकाश बराईलीको स्वरमा शन्देशमुलक गीत “जातिय भेदभाव” सार्वजनिक

श्रावण ३०,२०७७

-

साउन ३०,२०७७ काठमाडौं ।
शदिऔं देखी सामाजिक रुपमा जातिय बिभेदले हालः सम्म जडा गाडिरहेको अवस्था छ । हाल २१ औं शताब्दी सम्म आई पुग्दापनि दलित माथी हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्या, हिंसा लगायत अन्य जघन्य अपराधहरु घटेका छन् । एक जातले अर्को जातलाई माया प्रेम गर्दा गत जेठ महिनामा रुकुमको सोतीमा नवराज बिक लगायत अन्य ५ जना युवाहरुले ज्यान गुमाउनु परेको कुरा सबैलाई थाहा नै छ ।
 
त्यसपछि कोरोनाको बिषम परिस्थीतीमा दलितहरु माथी क्वारेनटाईनमा छुवाछुत, क्वारेनटाईनमा दलित महिला माथी बलात्कार, दलित माथी हत्या हिंसा जस्ता जघन्य अपराध पनि घटेको कुरा ताजै छ । लकडाउनको बेला राजु सदा, सम्भु सदा, अंगीरा प्यासी लगायत अन्यले ज्यान गुमाउनु परेको छ । अहिले नेपालमा ४० लाख भन्दा बढी दलित समुदायको जनसंख्या रहेको छ । जुन सुकै पार्टीले पनि दलितलाई चुनावमा प्रयोग गर्ने गरेको पाईन्छ ।
 
दलितहरुलाई साच्चै पार्टीहरुले भेडो बनाए कै हो त? मानव मानव बिच किन भेदभाव हु्न्छ ? दलित के मानव हैनर ? दलितको मन हु्ँदैनर? दलितको पनि काटे रगत रातै आँउछ । मानिसको जात पुरुष र महिला मात्र हो ।वर्ण ब्यवस्था आए संगै र मल्लकालिन राजा जयस्थिती मल्लको पालादेखी जातको आधारमा कामको बिभाजन भएसंगै छुवाछुतको सुरुवात भयो । त्यसपछि मानव मानव बिच भेदभाव र त्यो सानो जात त्यो ठुलो जात भन्ने परम्परा सुरु भयो ।
 
अहिले २१ औं शताब्दी सम्म आई पुग्दापनि दलितहरु मर्कामा परेका छन् । दलितको पक्षमा संबिधान बन्यो, कसुर ऐन बन्यो तर उचित कार्यान्वयन हुन सकेन । त्यो दलित समुदायको लागी दुख र चिन्ताको बिषय हो । आशा अनि कामना गरौ अबको समाज सभ्य बन्ने छ । यसै बिषयलाई बस्तुलाई आधारित बनाएर जातिय विभेद बिरुद्ध शन्देशमुलक गीत “जातिय भेदभाव” सार्वजनिक भएको छ ।
 
यस गीतमा बिन्दु बिसी र प्रकाश बराईली “अभिब्यक्ती” को स्वर रहेको छ । सो गीतमा पत्रकार, गीतकार एबं निर्देशक प्रकाश बराईली “अभिब्यक्ती” ले शब्द लेखेका हुन् भने गायक एबं संगीतकार रमेश बिक्रम रत्नले संगीत गरेका हुन् । पत्रकार, गीतकार एबं निर्देशक प्रकाश बराईली “अभिब्यक्ती” को निर्देशन तथा छायांकन रहेको गीतमा राम सिंह भाटको सम्पादन, राजु रिजालको सह छायांकन रहेको छ ।
उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु शिब बिक, चन्द्र शर्मा, शंकर बिसी, शिवन पोखरेल, होम धिताल, राकेश शोनी, टिका भुजेल, प्रकाश बराईली “अभिब्यक्ती”, ध्रुब हिमाली, निर आले मगर, राज कुमार रायमाझी, राजु रिजाल, दिपाशा बिसी, रिना थापा मगर, आशा भुसाल, अनिता बस्नेत, मैना रेश्मी मगर, बर्षा शिलवाल, उषा सुबेदी, रितु तामाङ, सोनम गुरुङ, बिन्दु बिसी, बन्दना नेपाल, आईसा राई आदीको अभिनय रहेको छ । कस्तो छ त गीत एक पटक अवस्य हेर्नुहोला र शेयर पनि गर्नुहोला ।
 
गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला-
https://www.youtube.com/watch?time_continue=574&v=eqyTU-pta48&feature=emb_logo