७ वर्षदेखी बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउन पहल सुरु

श्रावण ३०,२०७७

-

साउन ३०,२०७७ काठमाडौं ।
करिब ७ वर्षयता बन्द अवस्थामा रहेको राजधानीको बाजालुस्थित जनमैत्री अस्पताल खुलाउन पहल थालिएको छ । 
 
विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाडौं उपत्यकाका पनि प्रभावित भएर उपचारका लागि संक्रमितले उपचार पाउन नसकेको भनिएको बेला सो अस्पताल खुलाउन पहल थालिएको हो । काठमाडौं महानगरपालिकाले बन्द अवस्थामा रहेको जनमैत्री अस्पताल सञ्चालन गर्न पहल थालेको हो । 
 
महानगरपालिकाको तर्फबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले अस्पताल व्यवस्थापनलाई पत्राचार गर्दै अस्पताल सञ्चालन गर्न आग्रह गरेका हुन् । 
 
कोभिड-१९ (कोरोनाभाइरस) को संक्रमणका  दिनानुदिन बढ्दै गइरहेको र अस्पताल सञ्चालनमा आए केही भएपनि संक्रमण न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।