Trending :
 

भारतमा कोरोनाले मर्नेको संख्या ४८ हजार नाग्यो

श्रावण ३१,२०७७

-

साउन ३१,२०७७ काठमाडौं ।
भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ४८ हजार ४० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 
 
२४ लाख ६१ हजार १९० जनामा कोरोना संक्रमण देखिसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ७ संक्रमितको मृत्यु भएको छ ।