Trending :
 

७४औं भारतीय स्वतन्त्रता दिवसः छिट्टै नै कोरोना खोप उपलब्ध हुने मोदीको घोषणा

श्रावण ३१,२०७७

-

साउन ३१,२०७७ काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोना भ्याक्सिनविरुद्ध ३ वटा खोप निर्माण गरिरहेको बताएका छन् ।
 
शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै मोदीले छिट्टै ‘भारतमा बनेको कोरोना खोप’ उपलब्ध हुने भएको बताएका हुन् ।
 
भारतमा नेसनल डिजिटल हेल्थ मिसनको सुरुवात गरिने उल्लेख गर्दै मोदीले भने, ‘सबै नागरिकलाई हेल्थ आइडी उपलब्ध गराइनेछ । यसमा स्वास्थ्यसँग जोडिएका सबै रेकर्ड राखिनेछ ।’ उनले अगाडि भने, ‘कोरोना महामारीका कारण नागरिक चिन्तित रहेका छ ।
 
सबैलाई कोरोनाविरुद्धको खोप कहिले बन्छ भन्ने उत्सुकता छ । म तपाईँहरुलाई जानकारी दिन चाहन्छु कि भारतमा एउटा होइन, तीन-तीन वटा खोप अलग–अलग चरणको परीक्षणमा रहेका छन् । एक पटक स्वीकृति पाएसँगै हामीले यसको व्यापक मात्रामा उत्पादन गर्नेछौं ।’
 
शनिबार बिहानसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ लाख ६१ हजार नाघेको छ भने ४८ हजारभन्दा बढीको मृत्यु भएको छ ।