आइसोलेसन बेडको व्यवस्था गर्न देशभरका मेडिकल कलेजहरुलाई निर्देशन

श्रावण ३१,२०७७

-

साउन ३१,२०७७ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभरका सम्पूर्ण मेडिकल कलेजलाई आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ ।
 
मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड १९ का बिरामी उपचारका लगि छुट्टै आइसोलसन भवन वा कक्ष तोकी स्वीकृत बेड संख्याको १ तिहाइ हुन आउने बेड संख्या छुट्याएर उपचारको व्यवस्था तत्काल मिलाउन आग्रह गरेका हुन् ।