Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

चीनमा रहस्यमय आगलागी, २२ को मृत्यु

श्रावण ०१,२०७४

-

१ श्रावण,म्यानजिङ- चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा रहस्यमय तरिकाले भएको आगलागीमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ । उक्त प्रान्तका स्थानीय अधिकारीहरुले आइतबार बिहानै अकस्मात सो घरमा आगो लागेको र दमकल एवम् अग्नि नियन्त्रणमा काम गर्ने उद्वारकर्ताहरुले गरेको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको ज्यान गएको बताएका छन् । उनीहरुले आइतबार बिहान सबेरै करिब साढे चार बजेतिर दुई तले एक आवासीय घरमा आगलागी सुरु भएको बताएका छन् । यासुङ् बजारमा रहेको सो घरमा भएको आगलागीको उद्वारका लागि छोटै समयमा नै उद्वारकर्ताहरु पुगेपनि धेरैको आगोमा निसास्सिएर ज्यान गएको बताइएको छ । आगलागीका समयमा कतिजना व्यक्ति बसिरहेका थिए भन्ने बारेमा केही खुलेको छैन । यस वषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । प्रहरीले सो आगलागीमा परेका दुई जना गम्भीर रुपमा घाइते भएका जनाएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रहरीले आगलागीको कारण निकै रहस्यमय हुनसक्ने भन्दै अनुसन्धान थालेको अधिकारीहरुले जनाएका छन् ।