कन्काईष्ट राईको स्वरमा-फिदा छु तिम्रो रुपको

श्रावण ३२,२०७७

-

साउन ३२,२०७७ काठमाडौं ।
गायक तथा संगीतकार कन्काईष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुपको बोलको गीत सार्वजनिक गरिएको छ । 
 
गीतमा नेपालमै पहिलापटक थ्रिडि प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ ।
 
अर्जुन पौडेलको शब्द मीन बिष्टको संगीत र कुमार थापामगरको एरेन्जमा तयार भएको गीत भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
 
यस गीतको लिरिकल भिडियोलाइ थ्रि. डि नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ । भिडियोको विष्ट स्वयंमको दृश्य तथा परिकल्पना रहेको छ ।
 
नेपाली गीत संगीतमा थ्रि. डि. एवं ध्वनी मिश्रणहरुको प्रयोग नभएको कारण यस गीतमा पहिलोपटक अडियालाइ थ्रि डि मिश्रणहरुको प्रयोग गरिएको हो । 
 
संगीतकार कन्काइष्ट राइका तिम्ले माया लाउदा, मुटुभित्र देउन मलाइ बाँस , अरुकै सिन्दुरले सजिए पनि, काठमाडौको मायै महंगो लगायत थुप्रै चर्चित छन ।