निर्मला हत्या प्रकरण २०७५ को अपडेट
श्रावण ३२,२०७७
-आस्था न्युज
३२ साउन, २०७७ काठमाडौँ l
दुई बर्ष अघि हत्या भएको कन्चनपुरकी बालिका निर्मला पन्तको लागि न्याय माग्दै डिजिटल क्याम्पेनले ब्यापकता पाईरहेको छ l नयाँ सोच र तरिकाबाट घरमै बसी सामाजिक संजालका माध्यमबाट राष्ट्र प्रमुख देखि कलाकार सम्मललाई दबाब दिईरहेको यस क्याम्पेनले पुन निर्मलाको हत्या प्रकरणलाई ब्युत्याई दिएको छ l
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई २०७५ साउन ११ गते भीमदत्त नगरपालिका-१८ मा बलात्कारपछि हत्या गरी निम्बुखेडास्थित उखुबारीमा फालिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो।
निर्मला पन्तलाई न्यायको माग गर्दै राष्ट्रपति , प्रधानमन्त्री, नेकपा अध्यक्ष प्रचण्ड दाहाल , सबै पार्टीका शिर्ष नेताहरु , प्रतिष्ठित कलाकारहरु , जस्तै राजेश हमाल लगायतको प्रोफाइल पिक्चरमा युवाहरूले “ निर्मला पन्तका लागि न्याय” अर्थात् “#Justicefornirmalapanta” कमेन्ट गरी दबाब दिईरहेका छन्।
आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रोफाइल पिक्चरमा 'जस्टिस फर निर्मला' भन्दै कमेन्ट गरी यो अभियान शुरु गरिएको हो।
'जस्टिस फर निर्मला' को यो ट्रेन्ड अहिले प्रधानमन्त्री ओलीले सन् २०१६मा राखेको प्रोफाइल पिक्चरमा दुई लाख पैसट्ठी हजार भन्दा बढी कमेन्ट गरी निर्मलाको न्यायका लागि माग गरिएको छ। यो क्रम बढिरहेको छ l
त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रोफाइल पिक्चरमा दश हजार भन्दा बढी , प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रोफाइल पिक्चरमा करिब सात हाजर , गृहमन्त्री रामबहादुर थापाको प्रोफाइल पिक्चर लगायतका तस्बिरहरूमा पनि त्यसैगरी हजारौ कमेन्ट आईरहेको छ।
त्यस्तै गरी महानायक राजेश हमालको प्रोफाइल पिक्चरमा समेत 'जस्टिस फर निर्मला' भन्दै कमेन्टको बर्षा हुन् थालेको छ l यो क्रम अरु कलाकारहरुको प्रोफाइल पिक्चरमा समेत 'जस्टिस फर निर्मला' भन्दै कमेन्टको बाढी भईरहेको छ l यो क्रमले भोलिसम्म करोडौ मानिसको दबाब आउन सक्ने अनुमान लगाउन सकिन्छ l
यस अभियानले यस पटक भने नेपाल प्रहरीलाई समेत छोडेको छैन l नेपाल प्रहरीको आधिकारिक पेजमा समेत 'जस्टिस फर निर्मला' भन्दै कमेन्ट भईरहेको छ l त्यसै गरी मिडियाका तस्बिरहरूमा समेत कमेन्ट भईरहेको छ।
यो अभियान कसले चलाएको हो भन्ने हाल सम्म प्रष्ट नभएपनि यस किसिमको नयाँ ट्रेनले घरमै बसीबसी पनि दबाब दिन सकिने अवस्थाको सिर्जना भने गरिदिएको छ l
राष्ट्रिय स्तरमा लामो समयसम्म चर्चामा रहेको निर्मला हत्या-बलात्कार प्रकरणको अनुसन्धान अझै सकिएको छैन। तर हाल सम्म पनि हत्यारा पत्ता नलाग्नु , यसमा पहुचवाला व्यक्तिहरुको समेत नाम मुछिनु र समय संगसंगै यो केशलाई बेवास्था जस्तै गरिनुले सबैलाई ससंकित बनाएको छ l
हत्यारा जोसुकै होस् , निर्मला पन्तले न्याय पाउनु पर्छ l सम्बन्धित निकाय र राज्यले यसलाई ढाकछोप गर्न खोजे वा बेवस्था गरे यस प्रकारको अभियानले सरकार र सबै राजनीति पार्टीको भविष्यलाई समेत धक्का दिन सक्दछ l सबैलाई चित्त बुझ्दो न्याय दिनु राज्य , प्रहरी र सरकारको दायित्व हो l
प्रमुख समाचार