मुक्तिनाथ बैंकले हायर पर्चेज कर्जाको व्याजदर घटायो

भाद्र ०१,२०७७

-

भदौं १, २०७७ काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर घटाएको छ ।  
 
कोरोनाका कारण यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर भदौ १ गते देखि लागु हुने गरी २ प्रतिशतसम्म घटाएको हो ।
 
यस बाट गत चैत्र महिना देखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरुलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।
 
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । 
 
साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ ।