मिस नेपाल इभाना मानन्धरसंगको रमाईलो भिडियो अन्तरंग अन्तर्वार्ता हेर्नुहोस् ! मिस नेपालको भित्रि कुराहरु

न्यायको लडाईमा निर्मलाको साथमा , इभाना भन्छिन , हत्या, बलात्कार , एसिड आक्रमण लगायतको घटना हुनु दुखद र पाप हो , यस्तो अपराध गर्नेलाई कारवाही हुनुपर्दछ l

भाद्र ०५,२०७७

-आस्था न्युज

५ भाद्र २०७७ काठमाडौँ l  

इभाना मानन्धर मिस नेपाल वल्ड २०१५ हुन् l इभानाले सन् २०१५ मा मिस नेपालको ताज पहिरिन सफल भएकी थिईन l उनी मिस नेपाल मात्र नभएर मोडल र महिला व्यवसायी पनि हुन् l उनै मिस नेपाल इभाना संग आस्था न्युजका प्रधान सम्पादक पारस पोखरेलले गर्नुभएको अन्तरंग कुराकानी सहितको भिडियो अन्तर्वार्ता प्रस्तुत गरिएको छ l भिडियो अन्तर्वार्ता हेर्न माथि लिंक क्लिक गर्नुहोला l

 

यस रमाईलो र समय सापेक्ष लिईएको अन्तर्वार्तामा यहाँले मिस नेपाल २०१५ इभाना मानन्धरपा बालापन, आनीबानी र हालको अवस्थाको बारेमा जानकारी पाउन सक्नुहुन्छ l सन् २०१५को मिस नेपाल फिनालेमा, “तपाई आफुलाई आजको १५ बर्ष पछि कुन रुपमा देख्न चाहानुहुन्छ “ भन्ने सोधिएको प्रश्नलाई स्मरण गराउदै शुरु गरिएको अन्तरंग अन्तर्वार्तामा इभानाले त्यहि प्रश्नले आफुलाई मिस नेपाल बनाएको र आफ्नो जीवनलाई फरक मोडमा लिएर गएको बताईन l

 

हसिलो मिलेकोअनुहार , स्पष्ट बक्ता , सबै संग मिलजुल गर्न सक्ने उनको बानी र मिजासिलो व्यवहाकि धनि इभाना मानन्धर जति तस्बिर र अन्य भिडियो र टेलिभिजनमा देखिन्छ त्यसभन्दा राम्री देखिन्छिन् l तपाई यति राम्री हुनुको रहस्य के हो भन्ने प्रश्नमा उनि भन्छिन ,” सुन्दरता भनेको मेरो लागि मेरो व्यक्तित्व हो , पक्कै पनि बाहिरी सुन्दरतात सबै जनामा आफ्नै फरक खालको  हुन्छ , भनौं न प्रत्येक मिस नेपाल र प्रत्येक नेपाली नारीमा पनि  बाहिरि रुपमा सुन्दर त हुन्छन् नी .........सुन्दरता बाहिरबाट देखाउनलाई  आफ्नो भित्र आत्मादेखि नै त्यो सुन्दरता झल्किनु पर्दछ जस्तो लाग्छ , ......” भन्ने जवाफ दिन्छिन l

 

 

हाल काठमाण्डौ बिश्वबिधालयबाट एमबिएको पढाई सकाउन लागेकी इभाना आफुले शिक्षालाई ठुलो महत्व दिने बताउछिन l मिस नेपालका लागि भनि अमेरिकाबाट नेपाल आएकी उनले आफुले धेरै कुरा गुमाउनुभन्दा पनि धेरै थोक पाएको बताउछिन l यदि अमेरिकाबाट नफर्केको भए आफुले यस अवसरलाई गुमाउन पुग्ने थिए  l  आमा बाबुको साथ पाएर नै आफु सफल हुन् पुगेको भन्दै मिस नेपालहुदाँको क्षण अबिश्मरणीय रहेको बाताईन l उनि आफ्नो परिवारलाई बिशेष महत्व दिने बताउछिन l

 

मिस नेपालको बारेमा भित्रि कुराहरु र इभानाको धेरै व्यक्तिगत कुराहरु यस अन्तर्वार्ता हेरी थाहा पाउन सकिन्छ l उनलाई मन पर्ने कुरा, घुम्ने स्थान , मन पर्ने खाना आदिको जानकारीको साथै  उनको प्रतिभा र व्यक्तित्व यस अन्तर्वार्ता हेरी थाहा पाउन सक्नुहुनेछ l

 

 

कन्चनपुरकि १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि निर्ममतापूर्वक गरिएको हत्या र उनले हाल सम्म नपाएको न्यायको लडाईमा आफु पनि निर्मलाको साथमा रहेको बताउदै इभाना भन्छिन , हत्या, बलात्कार , एसिड आक्रमण लगायतको घटना हुनु दुखद र पाप हो , यस्तो अपराध गर्नेलाई कारवाही हुनुपर्दछ l उनले निर्मलाको न्यायको लडाईको साथ रहेको प्रतिकका रुपमा आफुले लेखेर “ #JusticeforNirmalapanta” समेत व्यक्त गरिन l

 

 

राजनीतिमा खासै चासो नभएको बताउने उनले यदि तपाई अर्थमन्त्री वा प्रधानमन्त्री मध्ये कुनै एउटा पदको अवसर प्राप्त भएमा कुन पद रोज्नु हुन्छ र किन भन्ने प्रश्नमा इभाना भन्छिन, यदि अवसर प्राप्त भएमा आफुले प्रधानमन्त्रीको पद रोज्ने र नीतिनियम परिवर्तन गरी देशको रुपरेखा एवं नक्सा परिवर्तन गर्ने  तार्किक जवाफ दिईन l अहिलेको अवस्थामा परिवार संग समय बिताउन र आफुलाई निखार्ने अवसरको रुपमा प्रयोग गर्न सुझाउछिन् l

 

यस अन्तर्वार्तालाई हेरी अमुल्य सुझाव समेत दिनुहुन आग्रह गर्दछौ l