Trending :
 

आर्थिक गतिविधि

गाडी इतिहासमा टोयोटाको सेवा अग्रपंक्तिमा

चैत्र १५,२०७३

-

१५,२०७३चैत्र,काठमाडौं-

नेपालमा टोयाटा गाडीले आफ्नो सेवाको ५० औं वर्षको यात्रा सुरु गरेको छ । 

गाडीको इतिहास खासै लामो नभएको नेपालमा टोयोटा गाडीको सेवा अग्रपंक्तिमा आउँछ । 

आजभन्दा ८० वर्ष अघि स्थापना भएको टोयोटा कम्पनी, स्थापना भएको ३० वर्षपछि नेपालमा यसको प्रवेश भएको थियो । 

सन् १९६७ मा नेपालको टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेड सिन्डिकेट (युटिएस)ले टोयोटासँग सहकार्यको लागि सम्झौता गरेको थियो । 

यस हिसाबले नेपालमा टोयोटा गाडी सडकमा गुड्न थालेको ५० वर्ष भइसकेको युटिएसले बताएको छ । 

युटिएसका अनुसार नेपालमा पहिलो टोयोटा गाडी सम्झौता भएको २ वर्षपछि अर्थात सन् १९६९ मा टोयोटा ब्रान्डको कोरोना गाडी पहिलो पटक बिक्री भएको थियो । 

कम्पनीले काठमाडौंको  लाजिम्पाटमा पहिलो सोरुप संचालनमा ल्याएको थियो  उक्त सोरुमबाट थि्र एस अर्थात सेल्स, सर्भिस एण्ड स्पेयर पार्टस् सेवा उपलब्ध गराएको थियो  । 

कम्पनीका अनुसार सन् १९९६ देखि टोयोटाले आफ्ना उत्पादनहरूलाई नेपालका सरकारी कर्मचारी र संसदहरूलाई उपलब्ध गराउन थालेको छ । 

कम्पनीका अनुसार ‘टोयोटाको कोरोला र प्राडो गाडीलाई सरकारी कर्मचारीहरूलाई उपलब्ध गराउन थालिसकेका थिए। त्यो बेला यि गाडी सरकारी सचिव र व्यवस्थापिका संसदका सदस्यहरूलाई उपलब्ध गराएको कम्पनीले बताएको छ ।

नेपालको विकास निर्माणमा समेत टोयोटा गाडीको योगदान रहेको कम्नपीको दाबी छ ।