Trending :
 

विश्वको दुई अर्ब डलर सम्पत्ति भएका पहिलो व्यक्ति बने जेफ बेजोस

भाद्र ११,२०७७

-

भदौं ११,२०७७ काठमाडौं ।
अमेजन कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोसको कुल सम्पत्तिले दुई सय अर्ब डलरको आँकडा पार गरेको छ ।  
 
ब्लूमबर्ग बिलियेनियर इन्डेक्सका अनुसार अमेजनको शेयर बुधबार कीर्तिमानी अङ्कले बढेपछि बेजोसको सम्पत्तिमा वृद्धि भएको हो र उनी दुई अर्ब डलर सम्पत्ति भएका विश्वका पहिलो व्यक्ति बनेका छन्  । 
 
कोरोना भाइरसको महामारीकै बीच बेजोसको सम्पत्ति उकालो लागेको हो । मानिसहरु घरमै रहँदा ई-कमर्सको माग बढ्दा अमेजन अझ नाफमा गएको हो ।   
फोर्ब्सका अनुसार अप्रिल २०२० मा उनको कुल सम्पत्ति एक सय १३ अर्ब डलर थियो । 
 
दोस्रो धनी व्यक्ति, बिल गेट्स बेजोसभन्दा करौँडौ डलरले पछाडि छन् । फोब्र्सका अनुसार बुधबार गेट्सको सम्पत्ति एक सय १६ दशमलव ०२ बिलियन डलर छ ।
 
यसैबीच टेस्ला इंकको शेयरमा उछाल आएपछि कम्पनीका संस्थापक एलन मस्कको सम्पत्ति एक सय एक अर्ब डलर भएको छ । 
 
त्यस्तै फेसबुकका संस्थापक मार्क जुकरबर्ग अगस्ट महिनाको सुरुमा नै सय अर्ब डलरको सूचीमा सामेल भएका थिए । बुधबार उनको सम्पत्तिमा आठ दशमलव पाँच अर्ब डलरले बढेको छ ।