जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने

भाद्र १२,२०७७

-

भदौ १२, २०७७ काठमाडौं ।
जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याको कारण राजीनामा दिने भएका छन् । 
 
उनी केही वर्षदेखि अल्सरटिभ कोलिट्‌स (ठूलो आन्द्रा र मलाशयको भित्री र बाहिरी तहमा सुन्‍निने) रोगबाट ग्रस्त थिए । तर, पछिल्लो समय उनको अवस्था कमजोर बन्दै गएको थियो । 
 
पब्लिक ब्रोडकास्टर ९एनएचके० ले ६५ वर्षीय आबेले आफ्नो कारण सरकारमा समस्या नहोस् भन्‍ने चाहेको जनाइएको छ । 
 
गत साता उनी जापानको अहिलेसम्मकै नियमितरुपमा सत्तामा रहने प्रधानमन्त्री बनेका थिए । सन् २०१२ देखि उनी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 
 
सन् २००७ मा उनले एकाएक प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस समयमा पनि उनी अल्सर्टिभ कोलिट्‌सकै कारण राजीनामा दिएको जनाइएको छ । बीबीसी