चीनको लिन्फेन शहरमा रेस्टुरेन्ट भत्किँदा १७ जनाको मृत्यु

भाद्र १४,२०७७

-

भदौं १४,२०७७ काठमाडौं ।
उत्तर चीनको साङ्सी प्रान्तको लिन्फेन शहरमा रहेको एउटा रेस्टुरेन्ट भत्किँदा १७ जनाको मृत्यु भएको छ।
 
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार अरू २८ जना घाइते भएका छन् ।
 
जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँमा रहेका रेस्टुरेन्ट भवन शनिबार बिहान भत्किएको थियो ।