कुसुम मिडिया प्रालिको गित- ‘तिमी बिना’

भाद्र १५,२०७७

-

 
कुसुम मिडिया क्रियशन प्रा.लि.ले  ‘तिमी बिना’ गीत लिएर दर्शक श्रोता सामु आएको छ ।  युवा गायक रुबेन अवालेको आवाजमा गीत  ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो ।  
 
रोशिकले निर्देशन गरेको गीतमा  प्रेम बियोगलाई  भिडियो कथामा देखाउन खोजिएको छ ।
 
मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको ‘तिमी  बिना’मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम बियोगको बेदनालाई उसको दिनचर्या मार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई पछाई रहिरहेको वर्तमानको दृश्यहरु भिडियोमा अटाउँन खोजिएको छ ।
 
युवा पुस्तामा हुने गरेका प्रेम बिलापपछिको पिडालाई गायक रुबेन अवाले लेख्ने कोसिस गरेका छन् । गीतको संगीत संयोजन पनि अवाले आफैले गरेका छन् भने  सङ्गीत सोल साउण्डको र  साउन्ड मिक्सिङ्ग भने जोल मुक्तानले गरेका छन् ।
 
भिडियोको प्रोडक्सन ब्यवस्थापन सुप्रिया महर्जन सापकोटाले गरेकी  छिन भने भिडियोको बजार व्यवस्थापन केशव रोक्का र हिम सागर बामले गर्दै आएका छन् ।