गायन प्रतिभा देखाउनुहोस् !

आस्था ईन्टरटेन्टमेन्टले शुरु गर्यो अनलाईन गायन प्रतियोगिता

घरमा बसी बसी घरबाट नै सहभागी गराई उत्कृष्ट आवाज र गायन प्रतिभाशाली व्यक्ति छनोट गर्न यस प्रतियोगिता आयोजना गर्न लागिएको

भाद्र १५,२०७७

-आस्था न्युज

भाद्र १५ , २०७७ काठमाडौँ l

 

आस्था ईन्टरटेन्टमेन्टले अनलाईन गायन प्रतियोगिता आयोजनामा  गर्ने भएको छ l घरमा बसी बसी घरबाट नै सहभागी गराई उत्कृष्ट आवाज र गायन प्रतिभाशाली व्यक्ति छनोट गर्न यस प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताएको छ l

 

भाद्र  १६ गते मंगलबार देखि शुरु हुने प्रथम अनलाईन गायन प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगिहरुले कम्तिमा दुई मिनेटको गीत गाएको भिडियो आस्था ईन्टरटेन्टमेन्टको जिमेल asthacreation2020@gmail.com मा पठाउनु पर्ने र यसबाट सहभागी छनोट गरिने छ l सहभागी छनोट पश्यात अन्य प्रक्रिया जानकारी गराउने आस्था ईन्टरटेन्टमेन्टले जनाएको छ l सहभागी हुन् चाहने प्रतियोगीले भाद्र २५ गते भित्र उल्लेखित शर्त पालना गरी आफुले गाएको भिडियो रेकर्ड गरी पठाउनु पर्ने छ l

 

आस्था ईन्टरटेन्टमेन्टको सामाजिक संजाल फेसबुक पेज र युटुब च्यानल मार्फत सार्वजनिक गरिने अनलाईन गायन प्रतियोगिताका बिजेता , उपविजेता र सह उपविजेताहरुलाई नगद पुरस्कारको साथ साथै सरप्राईज उपहार समेत प्रदान गरिने भएको छ l आस्था न्युज अनलाईन मिडिया पार्टनर रहेको यस प्रतियोगितामा उत्कृष्ट प्रतियोगीहरुको  बिशेष अन्तर्वार्ता समेत प्रकासित गरिने छ l

 

जुनसुकै उमेर समुहका र सबै लिंग र बर्गले सहभागी हुन् सक्ने यस प्रतियोगिताले व्यक्तिमा लुकेर बसेको गायन प्रतिभालाई प्रष्फुटन गराउन मद्दत पुग्ने आयोजक प्रमुख रचना लम्सलले बताउनुभयो l

 

आस्था ईन्टरटेन्टमेन्ट अनलाईन गायन प्रतियोगिताको शर्त तथा नियमहरु:-

  1. अडियो कम्तिमा २ मिनेट सम्मको हुनुपर्नेछ ।

२)  मोवाईल वा  Camera जुनबाट पनि खिच्न सक्नुहुनेछ तर अडियो सफा र भिडियोको Frame Rectangle(तेस्रो) राखेर खिचेको हुनुपर्नेछ ।

३)  भिडियोमा कम्तिमा तपाईको कम्मर देखि टाउको सम्म स्पष्ट देखिएको हुनुपर्नेछ ।

४)  अडियोमा कुनै पनि Editing Software प्रयोग गरी Audio or Background music हुनु हुदैन

आफैले guitar वा  piano वा अन्य बध्यबादन  बजाएर गाउन पाइने ।

५)  नेपाली गीत मात्र गाउन पाइनेछ तर कुनै व्यक्ति, समाज र राष्ट्रलाई असर पर्ने खालको हुनुहुदैन यदी पछि यस बिषयमा कुनै विवाद या समस्या हुन आएको खण्डमा स्वयमं तपाई आंफै जवाफदेहि हुनु पर्ने छ ।

६) विजेता छनोट YOUTUBE को लाइक,कमेन्ट र गायन क्षमताको आधारमा गरिने छ । दर्शकले आफुलाई मन परेको प्रतियोगीको नाम र कोड नं:कमेन्टमा लेखि भोट गर्नसक्नु हुनेछ तर एउटा Email बाट १ कमेन्ट मात्र मान्य हुनेछ ।

७) यो प्रतियोगीतामा मा जुनसुकै उमेर समुह,वर्ग या जो कोहिले पनि भाग लिन सक्नुहुनेछ । भाग लिनको लागी उल्लेखित शर्त तथा नियमहरु पालन गरी बनाएको अडियो र भिडियोलाई आफ्नो पुरा नाम, ठेगाना र सम्पर्क नं: लेखि  ईमेल asthacreation2020@gmail.com मा पठाउनु पर्ने छ ।

८) बिजेताले नगद पुरस्कार पाउने छ। यदी कुनै बिषयमा वादविवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।