Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

ओस्कार विजेता मार्टिनको निधन

श्रावण ०४,२०७४

-एजेन्सी

४ श्रावण न्युयोर्क-

ओस्कार पुरस्कार विजेता हलिउडका चलचित्रकर्मी मार्टिन लान्दाउको ८९ वर्षको उमेरमा मृत्यु भएको छ।

अमेरिकाको लोसएन्जेलस् अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। चलचित्र लगायत अन्य विधामा समेत आबद्व उनी बहुमुखी प्रतिभा भएका व्यक्तित्वका रूपमा हलिउडमा स्थापित थिए।

उनले सन् १९६० मा टेलिभिजन कलाकारको रूपमा हलिउडमा प्रवेश गरेका थिए। उनी मिसन इम्पोसिबल नामक कार्यक्रम मार्फत् अभिनय क्षेत्रमा प्रवेश गरेका थिए। उनको चलचित्र इद उडले ओस्कार अवार्ड प्राप्त गरेको थियो।

हलिउड चलचित्र निकट एक चलचित्र प्रशारक संघले विज्ञप्ती निकाल्दै उनको निधनको खबरले सम्पूर्ण हलिउड क्षेत्र नै शोकमा परेको भन्दै उनी प्रति समवेदना व्यक्त गरेको छ। विज्ञप्तीमा उनको निधन ८९ वर्षको उमेरमा भएको समेत बताइएको छ।