सम्झनामा इतिहास: मदर टेरेजाको निधन भएको दिन

भाद्र २०,२०७७

-

भदौ २०,२०७७ काठमाडौं ।
आजैको दिन अर्थात् सेप्टेम्बर ५, १९९७ मा नोबेल पुरस्कार विजेता मदर टेरेजाको ८७ वर्षको उमेरमा निधन भयो । टेरेजाले आफ्नो पुरा जीवन रोगी र गरिबहरुको सेवामा बिताएकी थिइन् । कोलकत्तामा आफ्नो सामाजिक संस्था मिसनरिज अफ च्यारिटीको हेडक्वाटरमा हृदयघात भएपछि उनको निधन भयो ।
 
उत्तरी मेसिडोनियामा जन्मिएकी यी भिक्षु जीवनका पछिल्ला वर्ष रोगसँग संघर्षरत थिइन् । जसकारण, उनले मार्चमै आफुले स्थापना गरेको संख्याको प्रमुखबाट राजिनामा गरिन् ।
 
घरवारविहीनका लागि गरेको सेवाका कारण जीवित सन्तका रुपमा संसारभर मदर टेरेजा प्रसिद्ध छिन् । उनको अतुलनीय मानव सेवाका लागि सन् १९७९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
 
२६ अगस्ट १९१० तत्कालीन अट्टोमन साम्राज्यअन्तर्गतको उत्तरी मेसिडोनियामा टेरेजाको जन्म भएको थियो । आयरल्यान्डमा लोरेटो सिस्टर्सहरुसँग भिक्षुको तालिम लिएर सामाजिक काम थालिन्, यसपछि उनको नाम सिस्टर टेरेजा रहन गयो । 
 
१९१८ यता उनले कोलकाताका झुपडबस्तीमा काम गर्न थालिन् । कहिलेकाँही हिन्दुु अतिवादीहरुले गरिबलाई क्रिष्ट्रियन बनाउन खोजेको भन्दै उनको आलोचना गर्ने गरेका थिए र अहिले पनि गर्छन् । उदारवादीहरु भने गर्भपतन र गर्भधारणा रोक्ने औषधीको प्रयोगमा रोक लगाउने उनको परम्परागत अडानलाई मन पराउँदैन थिए ।
 
उनको आत्मकथा लेख्ने नविन चानाका अनुसार टेरोजाले ‘विश्वको दयालुपनलाई नयाँ उचाई दिइन्’ ।  मदर टेरेजाको निधनपछि उनको अन्त्येष्टीमा लाखौं मानिस सडकमा ओर्लिएका थिए । टेरेजाले १ सय ३० देशमा आफ्नो संस्था फैलाएकी थिइन् ।
 
यस ठूलो संख्यामा बालबालिकालाई आश्रय दिने तथा ४० लाख मानिसलाई प्रतिवर्ष उपचार गर्ने गरेको थियो । टेरजाको राजिनामापछि उनकी उत्तराधिकारी निर्मला जोशीले २०१५ सम्म यस संस्थाको प्रमुखको जिम्मेवारी सम्हालिन् । नेपाली बाबुु-आमाकी छोरी निर्मला ‘सिस्टर निर्मला’ नामले विश्वप्रसिद्ध छिन् ।
 
निर्मलाले अफगानिस्तान, इजरायल, थाइल्यान्डलगायत देशमा समेत मिसनरीजको शाखा खोलिन् । २०१५ मा निर्मलाको निधनपछि मेरी प्रेमा पिईरिक यस संस्थाको प्रमुख छिन् ।