यूईएफए नेसन्स लिगमा इंग्ल्याण्डको विजयी सुरूवात

भाद्र २१,२०७७

-

भदौं २१, २०७७ काठमाडौं ।
यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ ।
 
शनिबार भएको खेलमा आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो ।
 
आयरल्याण्डको मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्टर्लिङले निर्णायक गोल गरे ।
 
दुबै टिम १० खेलाडीमा समेटिएको खेलको इन्जुरी समयमा स्टर्लिङले पेनाल्टीमा निर्णायक गोल गरेका थिए ।
 
आयरल्याण्डका डिफेन्डर इन्गासनले पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । जसमा स्टर्लिङ गोल गरे ।
 
खेलको इन्ज्युरी समयमै बिर्किरले पेनाल्टीमा गोल गर्न नसक्दा आयरल्याण्डले कम्तिमा बराबरी रहने मौका गुमाएको थियो ।
 
जितसँगै लिग ‘ए’ समूह २ मा इंग्ल्यान्डले ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहन सफल भएको छ ।