यूईएफए नेसन्स लिगः रसियाको लगातार दोस्रो जित

भाद्र २२,२०७७

-

भदौं २२,२०७७ काठमाडौं ।
यूईएफए नेसन्स लिग फुटबल प्रतियोगितामा रसियाले  लगतार दोस्रो जित निकालेको छ ।
 
आइतबार रातिको खेलमा घरेलु टोली हंगेरीलाई ३-२ गोल अन्तरले हराउँदै रसियाले लगातार दोस्रो जित निकालेको हो ।
 
रसियाको जितमा एन्टन मिरानचुक, मागोमेड ओजडोइभ र मारियो फर्नान्डेसले गोल गरे ।
 
घरेलु टोलीका रोलान्ड सल्लाई र नेमान्जा निकोलिकले गोल गरेपनि हार टार्न सकेनन् ।
 
जितसँगै रसिया लिग ‘बी’ - ३ मा ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित हंगेरी ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान एक अंक जोडेको टर्की र सर्विया तेस्रो र पुछारमा छ ।