लियोनल मेस्सी प्रशिक्षणमा फर्किए

भाद्र २३,२०७७

-

भदौं २३,२०७७ काठमाडौं ।
 
बार्सिलोनामै बस्ने निदोमा पुगेका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् ।
 
एक सिजन बार्सिलोनामै बस्ने निर्णय गरेका मेस्सी सोमबारबाट प्रशिक्षणमा सहभागी भएका हुन् । कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी नियमित अभ्यासमा फर्केका हुन् ।
 
यसअघि उनी क्लबको प्रशिक्षणमा सामेल भएका थिएनन् । मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफूले क्लब छाड्ने बताएका थिए । मेस्सीले निशुल्क क्लब छाड्न दिन बार्सिलोना समक्ष अनुरोध गरेका थिए ।
 
तर, बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो तोकेपछि मेस्सी क्लब छाड्ने विषयमा पछि हटेका थिए ।
 
कीर्तिमानी ६ पटकको बालोन डी’ओर विजेता मेस्सी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो ।