श्रावण ०५,२०७४
-एजेन्सी
५ श्रावण,काठमाडौँ-
कपिल शर्माले सुनिल ग्रोवरसँग झगडा गरेदेखि कठिन समयको सामना गर्नु परिरहेको छ ।
आफ्ना कट्टर दुश्मन कृष्णा अभिषेकले सोनी च्यानलमै कमेडी शो शुरु गरेपछि त झन् कपिलको तनाव बढेको छ ।
यही तनावले उनको स्वास्थ्यमा असर पारेजस्तो छ । हालै आएको एक समाचार अनुसार कपिल फेरि अस्पताल भर्ना भएका छन् ।
क महिनामा कपिल तेस्रोचोटि अस्पताल भर्ना भएका हुन् । स्पोटबोए नामक अनलाइन पोर्टलका अनुसार मुबारकाँ नामक फिल्मको प्रमोसनका लागि अनिल कपूर र अर्जुन कपूर कपिलको शोमा पुगेका थिए । शूटिङ राति ८ बजे शुरु गर्नुपर्ने थियो र साढे ८ बजे कपिल अचानक बेहोश भए र उनलाई कोकिलाबेन अस्पताल कुदाउनुप–यो । अहिले उनी चिकित्सकको निगरानीमा छन् ।
यसअघि जब ह्यारी मेट सेजलको प्रमोसनका लागि शाहरुख खान र अनुष्का शर्मा कपिलको शोमा पुग्दा पनि उनी बेहोश भएका थिए र शूटिङ नै रद्द गर्नुपरेको थियो । तर कपिलले मुबारकाँको टीमलाई चार घन्टा कुराएको खबर पनि आएको छ । बेलुका साढे पाँच बजे टीमलाई बोलाएर कपिल आफू चाहिँ सेटमा देखापरेनन् । अनिल कपूर, अर्जुन कपूर, इलियाना डिक्रुज र अथिया शेट्टीले कपिललाई कुरिरहे । उनीहरूले कपिललाई फोन गर्दा म आउँदैछु भन्ने जवाफ दिए ।
पछि उनी त बेहोश भएर अस्पताल पु–याइएछन् । कपिल तैपनि आउलान् कि उनलाई कुरेर बसेका कलाकारहरू राति १० बजेपछि चाहिँ दिक्क मान्दै घर फर्किएछन् । कपिलले सञ्चो भएपछि यो घटनाको स्पष्टीकरण दिन सक्छन् ।
प्रमुख समाचार