मुस्ताङका स्याउ धादिङका किसानले टिप्दै
-
भदौं २५, २०७७ काठमाडौं ।
स्याउ उत्पादनले प्रसिद्ध मानिएको हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु भएको छ । स्याउ बगैचा धनीहरुकै समन्वय र व्यवस्थापनमा मुस्ताङ आइपुगेका व्यापारीले कृषकको बगैचामा फलेको स्याउ संकलन गर्न जुटेको पाइएको हो ।
यसवर्ष विश्व व्यापी माहामारीको रुपमा सिर्जित कोभिड-१९ को कहरका कारण मुस्ताङ सुनसान जस्तै छ । तर ,स्याउ धनीको निवेदन पत्रका आधारमा स्थानीय तहले उपलब्ध गराएको सिफारिसपत्रका आधारमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्याउ व्यापारीका लागि जिल्ला आउजाउ गर्ने अनुमती खुल्ला गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालका अनुसार २ साताअघिको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन समिति –सिसीएमसी० को निर्णयपछि करिब ३ दर्जन व्यापारी मुस्ताङमा स्याउ खरिद गर्न आइसकेको जानकारी दिए ।
उनका अनुसार स्याउ संकलनका लागि आउनेमा अधिकाँश धादिङका छन् भने केही नवलपरासी,कास्की,बाग्लुङ र म्याग्दीका व्यापारी रहेका छन्। जिल्ला प्रशासन कार्यालयले मुस्ताङमा अझै थप स्याउ व्यापारी आउने क्रममा रहेको जनाएको छ । यसअघि समितिले स्याउ व्यापारी मुस्ताङ आउँदा विभिन्न शर्त पालना गर्नुपर्ने निर्णय गरेको थियो । अन्नपूर्ण