डीआर उपाध्यायको शब्द रचनामा ‘दुई मुटु जोडेर’...

भाद्र २८,२०७७

-

भदौं २८,२०७७ काठमाडौं ।
गीतकार डा.डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर‘’ सार्वजनिक भएको छ । 
 
कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस रहेको छ ।
 
विश्वमै पहिलोपटक प्राविधिक हिसाबले यो प्रयोगात्मक गजल सार्वजनिक गरिएको छ । सङ्गीत सिद्धान्त अनुसार एउटै स्केलमा तीन सप्तकमा तयार गरिएको हुनाले विश्व कीर्तिमान कायम भएको हो । 
 
डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् । 
 
यस्तै केही समय अघि सार्वजनिक डा. उपापध्यायको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको आधुनिक गीतिएल्बम ‘मायाको सागरमा’ एक गीत १२ भाषामाले पनि गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको थियो । डीआरको गीत र सन्तोष श्रेष्ठको सङ्गीत रहेका अन्य गीतले पनि विश्व रकेर्ड राख्न सफल भएका छन् ।