राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी ललित भण्डारी दुर्घटनामा,अवस्था चिन्ताजनक

निसर्ग अस्पताल धनगढीमा उपचार हुदै

भाद्र २८,२०७७

-आस्था न्युज

२८ भाद्र २०७७ धनगढी  l राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी ललित भण्डारी दुर्घटनामा परेका छन् l भण्डारीको अवस्था चिन्ताजनक रहेको र उनको उपचार भईरहेको छ l

 

धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र  भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटर साइकल एकआपसमा जुद्धा राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी वर्ष २८ का ललित भण्डारी र उनका भाइ नाता पर्ने वर्ष २४ का करन ठगुन्ना सख्त घाइते भएका छन्  । हाल दुवैलाई निसर्ग अस्पताल धनगढीमा उपचार गरिदै छ l भण्डारीको अवस्था चिन्ताजनक रहेको छ ।

 

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार घाइतेको झलारी स्थित शुक्लाफाटा किलिकमा प्राथमिक उपचार पछी थप उपचारका लागि धनगढी रिफर गरिएको छ । ट्रकका चालक फरार रहेका छन भने र ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ  ।

 

राष्ट्रिय क्रिकेट टोलीका २८ बर्षे क्रिकेट खेलाडी ललित भण्डारी शुक्लाफाटा नगरपालिका वडा नम्बर– १० का हुन् l