साउदीमा प्रतिबन्ध खुकुलो बनाउदै, भिसा भएकाहरूले प्रवेश पाउने

भाद्र २९,२०७७

-

भदौं २९, २०७७ काठमाडौं ।
कोरोना भाइरसको महामारीले विभिन्न क्षेत्रमा लगाइएका प्रतिबन्धलाई साउदी अरेबियाले क्रमिकरूपमा खुकुलो बनाउदै लगेको छ ।
 
आगामी १ जनवरीदेखि कोरोना भाइरसका कारण लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेको साउदी सरकारले सेप्टेम्बर १५ ९भोलि०बाट गल्फ कर्पोरेसन काउन्सिल ९जीसीसी० देशका नागरिकहरुलाई साउदीमा प्रवेश गर्न दिने निर्णय गरेको छ ।
 
साउदी सरकारको उक्त निर्णयसँगै जीसीसीमा आवद्ध मुलुकहरू बहराइन, कुवेत, ओमान, कतार र यूएईका नागरिकले अब साउदी प्रवेश पाउने भएका छन् ।
 
यसअतिरिक्त भिसा अबधी भएका अरू प्रवासीहरूलाई पनि साउदी प्रवेशमा अनुमति दिइएको साउदीको आन्तरिक मन्त्रालयले जनाएको छ ।
 
त्यसरी साउदी प्रवेश गर्ने वा छाड्नेहरू जो कोहीले ४८ घण्टाअघि पीसीआर परीक्षण गरिएको कोरोना नेगेटिभ भएको प्रमाणपत्र देखाउनु पर्ने जनाइएको छ ।
 
कोरोना भाइरस या अन्य कारणले यात्रा प्रतिबन्ध लगाईएका देशहरुको हकमा भने साउदी सरकारले यो नियम कार्यान्वयन नुहने प्रष्ट पारेको छ ।
 
हाललाई बैध एक्जिट र रिइन्ट्री भिसा, वर्क भिसा, रेसिडेन्सी परमिट (इकमा) र भिसा भएकाहरु सबै कोरोना भाइरस सम्बन्धी सावधानीका उपायहरू र प्रोटोकलहरू पूरा गरी भित्रन वा फर्कन पाउने बताइएको छ ।
 
नयाँ भिसा लगायतका अन्य प्रक्रियाबाट साउदी प्रवेश गर्न भने जनवरी १ पछि मात्र अनुमति दिइएको छ ।
 
प्रतिबन्धहरू खुकुलो बनाउँदै लगेको साउदी सरकारले नेपाललाई भने प्रतिबन्धको सूचीमा राखेको छ या छैन भन्नेबारे केहि खुलाइएको छैन ।