अन्तराष्ट्रिय प्रसङ्ग
चैत्र १५,२०७३
-
१५,२०७३चैत्र सिड्नी-
अष्ट्रेलियाको क्विन्सल्याण्ड तटीय क्षेत्रमा विशाल सामुद्रीक आँधी आएको छ ।
आँधीबाट त्यस क्षेत्रका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
घरको झयाल ढोकालाई बालुवा भरिएको बोराले वरिपरि घेरिएको छ ।
अस्ट्रेलियाको क्विजल्याण्ड प्रान्तकी सरकार प्रमुख एनसटेजा प्यालासेले उक्त घटनालाई आफ्नो राज्यको राक्षसको संज्ञा दिएकी छन्। २ सय ८३ किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीले नयाँ चुनौती दिएको उनले बताइन् ।
आँधीको प्रभावले सो क्षेत्रमा पर्यटकहरुले आफ्नो भ्रमण रद्द गरेका छन्। साथै क्विजल्याण्ड सरकारले संकटकालीन अवस्थाको घोषणा गरी १ सय ८१ कलेज र २ सय ३२ स्कुल बन्द हुनुका साथै टाउन्सभिला र म्याके विमानस्थलका सम्पुर्ण विमान समेत रद्द भएका छन् |
आँधी आउने संकेत देखिएपछि सोही क्षेत्रका २५ हजार मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको थियो | त्यस्तै स्कुल तथा विमान संचालनमा समेत रोक लगाईएको थियो |
प्रमुख समाचार
सम्वन्धित समाचार