कोरोना भाइरसबाट सार्क मुलुकमा ९३ हजार बढीको मृत्यु

भाद्र ३०,२०७७

-

भदौं ३०,२०७७ काठमाडौं ।
 
कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा ५६ लाख ७८ हजार ८४४ जना संक्रमित भएका छन् ।
 
संक्रमितमध्ये ४९ लाखभन्दा बढी भारतका अर्थात् सार्क मुलुकका कुल संक्रमितमध्ये ८६ प्रतिशतभन्दा बढी भारतीयहरू संक्रमित भएका छन् ।
 
मंगलबार बिहानसम्म  ९३ हजार ७८७ जनाको संक्रमणबाटै मृत्यु भएको छ ।
 
विश्वमा नै कोरोनाले दोस्रो धेरै प्रभावित भएको मुलुक भारत दक्षिण एसिया र दक्षिण एसियाली मुलुकहरूमा सबैभन्दा बढी प्रभावित भएको छ ।
 
भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या ८० हजार ८०८ पुगेको छ ।
 
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार १४० जनाको मृत्यु भएको छ । एकैदिन ९३ हजार २१५ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४९ लाख ३० हजार २३६ पुगेको छ ।
 
उपचार गराइरहेका ९ लाख ९० हजार २९ जनामध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । मंगलबार यो समाचार तयार पार्दासम्म निको हुनेको संख्या ३८ लाख ५९ हजार ३९९ छ ।