लक्ष्मी हमालको टिपिकल ‘लोक प्याटर्न’ मा आउने भयो अर्को गित

भाद्र ३०,२०७७

-

काठमाडौं । 
साउन अन्तिम साता ९साउन २३०मात्रै आफ्नै शब्द संगीतमा ‘डोयट आईटम सङ’ ‘दिन पनि रातसँग’ रेकर्ड गराएकी गायिका लक्ष्मी हमालको फेरि अर्को गीत रेकर्ड भएको छ । कोरोना महामारीकैबीच लक्ष्मीले आफ्ना दुई सिर्जना रेकर्ड गराएकी हुन् । यसले कोरोना महामारीमा पनि उनको साधना र सिर्जनसिलता प्रकट गरेको छ ।
 
मंगलबार रेकर्ड भएको गीत भने टिपिकल ‘लोक प्याटर्न’को छ । एक महिना अघि मात्रै रेकर्ड भएको ‘डोयट आईटम सङ’ ‘दिन पनि रातसँग’को काम अन्तिम चरणमा पुगेका बेला लक्ष्मीले लोक प्याटर्नको गीत रेकर्ड गराएकी हुन् । टिपिकल लोक प्याटर्नको ‘कहाँको तिमी कहाँको म’बोलको गीतमा लक्ष्मी आफैँले संगीत गरेकी छन् भने शब्द रचना उनी स्वयंको हो ।
 
रेकर्ड भएको गीतमा फिमेल आवाज पनि आफै दिएकी उनलाई मेल भोकलमा भने रक पपमा दरिएका गायक सपन श्रेष्ठले साथ दिएका छन् । एकोष्टिक स्टुडियो नक्सालमा रेकर्ड भएको गीत म्युजिक भिडियोसहित छिट्टै बजारमा आउने गायिका लक्ष्मीले जानकारी दिईन् ।
 
यी दुई गीत रेकर्ड हुनुभन्दा केही महिनाअघि मात्रै फरक शैलीको रक पप ‘यात्रा’ पस्किएकी गायिका लक्ष्मीको लोक प्याटर्नको ‘कहाँ तिमी कहाँको म’टिपिकल छ । जसमा रोधीमा भेट भएको कुरा र विगतका स्मृतिहरु झल्काइएको छ ।
 
यसअघि लक्ष्मीको रक पप ‘यात्रा’ हेर्ने सुन्नेले निकै प्रशंसा गरे । त्यो भन्दा अगाडि ‘के हुँदैछ आजभोलि’ले पनि निकै सफलता पायो । ‘यात्रा’ र ‘के हुँदैछ आजभोलि’को म्युजिक भिडियो ‘दमदार’बनेको छ । जसमा र्‍यापर हस्ती निर्णय एनएसके देखिएका छन् । अब बजारमा आउने ‘दिन पनि रातसँग’ र ‘कहाँको तिमि कहाँकोम’को म्युजिक भिडियो अझ परिस्कृत हुने लक्ष्मीले बताएकी छन् ।