काठमाडौँमा ६ रेक्टरको भूकम्पको धक्का महसुस

भाद्र ३१,२०७७

-आस्था न्युज

३१ भाद्र काठमाडौँ । काठमाडौ उपत्यकासहित देशभर भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ५ बजेर १८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।   राष्ट्रिय  भूकम्प  मापन केन्द्रका  अनुसार ६  रेक्टर स्केलको भूकम्प मापन गरिएको छ  । भूकम्पको धक्का करिब १५ सेकेन्ड महसुस गरिएको थियो l  
 
 
भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चे आसपास  रहेको छ । भूकम्पले हलाएपछि काठमाडौँ बासीहरु घर बाहिर निस्केका थिए । भूकम्पले कहाँ कति के क्षति पुर्याएको छ यसको बिवरण आउन बाकि छ  ।