कुलमानको पुनर्नियुक्तिको माग गर्दै विभिन्न ठाउँहरुमा समर्थकहरुको प्रदर्शन

प्रहरीद्धारा प्रदर्शनकारीलाई पानीको फोहराका साथै लाठीचार्ज :

भाद्र ३१,२०७७

-

भदौ ३१,२०७७ काठमाडौं ।
 
नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै बुधबार राजधानीमा प्रदर्शन भएको छ । 
 
मंगलबार प्राधिकरणले कुलमानको बिदाइ गरेसँगै उनका समर्थकहरुले पुनर्नियुक्तिको माग गर्दै राजधानीको बालाजु, माइतीघरलगायतका स्थानमा प्रदर्शन गरेका हुन् । उनीहरुले लोडसेडिङमुक्त गर्ने कुलमानलाई पुनर्नियुक्ति गर्नुपर्ने आशयको ब्यानरसहित प्रदर्शन गरेका हुन् । 
 
बुधबार राजधानीको माइतीघरमा भेला भएका कुलमानका समर्थकहरुले सरकारलाई पुनर्नियुक्तिको दवाव दिँदै नाराबाजी गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनकारीलाई पानीको फोहराका साथै लाठीचार्ज गरेको हो । 
 
गत आइतबार कार्यकाल सकिएका कुलमान घिसिङलाई प्राधिकरणले मंगलबार बिदाइ गरेको थियो । उनको पुनर्नियुक्ति नगरिए बिजुली माफियाले पुन लोडसेडिङ गराउन सक्ने आशंका आम सर्वसाधारणको छ । तर, सत्तारुढ दलभित्रनै स्वास्थ्य नमिल्दा नियुक्ति हुने नहुने अन्योल कायम छ ।